घरेलु कामदारले विश्व नारी दिवस मनायो
मार्च ७ तारीक २०१० का दिन हङकङ कन्फिडेरेसन ट्रेड यनियन (HKCTU) ले १०० बर्षपुगेको उपलक्ष्यमा विश्व नारी दिवस धुमधामका साथ मङकङको कइ पुइ छोइ काई स्ट्रीटको वरीपरी विभिन्न नारा लगाउदै परिक्रमा गरेर मनायो । त्यस नारी दिवसमा नेपाली घरेलु कामदार, इण्डोनेसीयन, थाइ, सि.एम.आर. लगायत फिलीपिनो घरेलु कामदारले पनि सहभागीता जनाएको थियो । परिक्रमा पछि मन्तव्यको कार्यक्रम राखेको थियो र एच.के.सी.टि.यु को तर्फाबाट लेइ चुक यानले आफ्नो भनाइ राख्नु भएको थियो र इण्डोनेसीया, थाइल्याण्डको तर्फाबाट पनि मन्तव्य राखेको थियो भने नेपाली घरेलु कामदारका तर्फाबाट त्यस यनियनको सचिव कल्पना तुम्रोक लिम्बुले आफ्नो भनाइ राख्नु भएको थियो मन्तव्य पछि आफ्नो माग सहितको स्टेटमेन्ट सरकारी कार्यलयमा बुझाएर कार्यक्रम विर्सजन भएको थियो ।


