सिमलको रुख झै जिन्दगी-अर्जुन दुङमेन

arjun_raiपत्झर झोर जंङ्गल सरह नै लाग्छ गिन्दगी

सिमल र खिर्राको रुख झै लाग्छ जिन्दगी।

पाहुलिने दिन आयो क्यारे पातहरु झरेछ

सर्लङ्गै सुकेको रुख सोंचौ भने काँचै परेछ।

नत कसैलाई शितल दिन सक्छु यहाँ

नत कोही शितल ताप्न नै आउछ यहाँ।

पाहुलिएर रुप फेरिदा सबले फर्की हेर्छन्

नाग्गिएर खडेरीमा जल्दा सबले हेरी छार्छन्।

त्यो याम आउँदोहो कुनै दिन हरियाली छाएर

ऐले सिमल त्यसबेला सुशेलीदोहो सल्ला भएर।

बेल्टार, उदयपुर। हाल: बगदाद, इराक।

This entry was posted on Wednesday, December 30th, 2009 and is filed under Literature, कविता. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

Leave a Reply

मूलबाटो बिज्ञापन

मूलबाटो भिडियो

एलम्बर नाईट-तेस्रो

Part-1

रामकृष्ण बान्तावा रेडियो RTHK-3 मा उपन्यासको बारेमा कुराकानि गर्दै


ram krishna bantawa @ Yahoo! Video

क्रिष्टिना लिम्बु

Recent Comments

अडियो समाचार

ओनलाईन समाचार

दैनिक खबर

संघ सस्थाहरु

साहित्य

e-mail

तिमी बिना सधैंभरी..-बिश्वकाजी राई

bतिमी बिना सधैंभरी एक्लै हुन्छु होला
सम्झनाले सताउदा धेरै रुन्छु होला

यती मिठो माया बाड्ने कोही हुने छैन
सुख दु:ख साट्ने पनि कोही हुने छैन
सधैं भरी तिमीलाई सम्झी रन्छु होला
सम्झनाले सताउदा धेरै रुन्छु होला

 संसारैमा केही छैन् जीवन साथी जस्तो
दाहिने आँखा फुर्फुरायो भयो कस्तोकस्तो
तिमी बिना एक्लै जिउदो लास बन्छु होला
सम्झनाले सताउदा धेरै रुन्छु होला

बिश्वकाजी राई
लफ्याङ्ग -२,खोटाङ